Logo

करेन्ट लागेर एक वृद्धको मृत्यु



Spread the love

 

९ जेठ , मोरङ l  विराटनगरमा करेन्ट लागि एक वृद्धको मृत्यु भएको छ l मृत्यु हुनेमा ७२ वर्षीय काँशीनाथ ताम्राकार रहेका छन् l

करिब पौने २ मिटरकाे दूरीमा रहेको ११ हजार भोल्टको तार छुन पुग्दा करेन्ट लागेर सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए l

मृतकलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लागिएको र उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ l

प्रतिक्रिया दिनुहोस्