Logo

करेन्ट लागेर गुल्मीमा एकको मृत्यु, पटक पटक ध्यानाकर्षण गराउँदा आँखा चिम्लेर बस्यो प्राधिकरण



Spread the love

९ जेठ, गुल्मी – गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ५ छापहिलेमा आज करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएका छन् । कक्षा ११ को परिक्षा दिएर घर फर्कने क्रममा बाटोमा करेन्ट लागेर एकको मृत्यु भएको हो भने एक जना घाइते भएकी हुन् ।

आज भएको घटनामा ज्यान गुमाउनेमा मालिका गाउँपालिका वडा नम्वर १ की १८ वर्षीया विनिता रसाइली रहेको वडा नम्वर ५ का वडा अध्यक्ष श्यामलाल गिरीले जानकारी दिएका छन् । त्यस्तै घाईते हुनेमा वडा नम्वर ६ की १८ वर्षीय जुना विक रहेको वडा अध्यक्ष गिरीले बताएका छन् ।

दोषी प्राधिकरण र स्थानिय तह

गूल्मीका  ग्रामिण क्षेत्रमा बिजुली लथालिङ्ग अवस्था मा रहेको छ भने लोडसेडिङ मुक्त जिल्ला गुल्मीमा पटक पटक गरि दैनिक ५ घण्टा भन्दा बढी बत्ति जाने गर्दछ ।
गुल्मीको मालिका गाँउपालिका आसपासका क्षेत्रका जनताले ५ महिनादेखि तारमा ढुङ्गा बाधेर विद्युत प्रयोग गरिरहेका छन् भने ताराहरु लथालिङ्ग अवस्थामा छन् । सल्लेरी खबरले पटक पटक ध्यानाकर्षण  गराउँदा पनि विद्युत प्राधिकरणले कानमा तेल हालेर बस्यो ।  त्यति मात्र नभइ कार्यलयमै गएर प्राधिकरण प्रमुख नारायण अर्यालले खबर गरेको दुई दिन भित्र एक्शन लिने ओठे प्रतिबद्धता व्यक्त समेत गरे ।

त्यस्तै हिजो र अस्ति सल्लेरी खबरले फेरि प्राधिकरणको ध्यानाकर्षण गरायो ।  विद्युतका हाकिमले समेत हुन्छ म गर्छु पनि भने । तर, अझै गर्न भ्याएका छैनन् । हामीले पटक पटक भन्ने गरेका थियौँ “ठुलो दुर्घटना होला सर ख्याल गर्नु होला ।”  नभन्दै आज त्यस्तै भयो ।

निरिह स्थानीय तह

सल्लेरी खबरले प्राधिकरणलाई मात्र होइन त्यहाँका जनप्रतिनिधिलाई पनि पटक पटक ध्यानाकर्षण गराएको थियो ।  तर, जनप्रतिनिधिले भने, “ठेकेदारले हामीलाई टेरदैनन् बरु तपाईहरुले नै भन्नुस् न ।”

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्