Logo

छतबाट हाम फाल्दा मृत्यु



Spread the love

९ जेठ, बारा – विद्यालयको छतबाट हाम फाल्दा एक विद्यार्थीको मृत्यु भएको छ । अर्को एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।

बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सरोज साहको मृत्यु भएको हो । हाम फाल्दा १४ वर्षीया छात्रा गम्भीर घाइते भएकी छन् ।

दुवै जनाले विद्यालयको तेस्रो तलाको छतबाट हाम फालेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए । साहको वीरगञ्ज नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । छात्राको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृत फेला

बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृतावस्थामा फेला परेका हुन् । शव परीक्षणका लागि कलैया अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्