Logo

बजेट नदिए आन्दोलन गर्ने



Spread the love

१० जेठ, काठमाडाैँ – प्रदेश नं २ का समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरुले आफूहरुले खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्ने बताएका छन् । सरकारले प्रत्यक्षतर्फका सांसदलाई मात्रै बजेट उपलब्ध गराउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

विपक्षी दलका सांसदहरुले प्रदेशसभा अवरुद्ध गरेपछि सरकारले प्रत्यक्ष निर्वाचित सांसदले योजना छनोट गर्न पाउने गरी रु एक करोड दिने निर्णय गरेको थियो । सो निर्णयको विरोध गर्दै समानुपातिकतर्फका प्रदेशसभा सदस्य विरोधमा उत्रेका हुन् ।

हिजोको प्रदेशसभा बैठक शुरु हुनासाथ उनीहरुले आफूहरु पनि जनताकै मतबाट संसद्सम्म आइपुगे पनि सरकारले विभेद गरेको आरोप लगाए । प्रदेशसभा सदस्यहरु रिना यादव, जगत यादव, सरस्वती चौधरीलगायते आ–आफ्नो धारणा राखेका थिए । प्रदेश नं २ मा कुल १ सय ७ प्रदेशसभा सदस्य छन् । तीमध्ये ६४ जना प्रत्यक्षतर्फका तथा ४३ जना समानुपातिकतर्फका प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्