Logo

रारा दौडको उपाधि दुर्गबहादुरलाई



Spread the love

१० जेठ, जुम्ला – नेपाली सेनाले आयोजना गरेको ‘प्रथम रारा ट्रेल रन प्रतियोगिता’को उपाधि जुम्ला कनका सुन्दरी गाउँपालिका–३ का दुर्गबहादुर बुढाले जितेका छन् । जैविक विविधता दिवसको अवसरमा नेपाली सेनाले रारामा उक्त प्रतियोगिता आयोजना गरेको हो ।

बुढाले ताल वरीपरीको १५ किलोमिटर दूरी ५५ मिनेट ३८ सेकेण्डमा पूरा गरेका थिए । उनले रु एक लाख पुरस्कारसहित ट्रफी जिते । प्रतियोगितामा कनका सुन्दरी–१ का धीरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नवराज सावद तेस्रो, भीमबहादुर बुढा चौथो तथा कनका सुन्दरी–१ का प्रकाश कठायत पाँचौ भए । उनीहरुले क्रमशः रु ६० हजार, रु ४० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत गरी १ सय ३० खेलाडी सहभागी थिए । उक्त प्रतियोगिताको उद्घाटन उत्तर–पश्चिम पृतनाका पृतनापति उपरथी सरोजप्रताप राणाले उद्घाटन गरेका थिए । खेल पर्यटनलाई प्रवर्द्धन गर्न उक्त प्रतियोगिता आयोजना गरिएको हो । आगामी वर्ष महिला–पुरुष अल्ट्रा म्याराथुन प्रतियोगिता आयोजना गरिने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्