Logo

प्रअले शिक्षकको तलब खाईदिएपछि अख्तियारद्धारा कारवाहीको लागी मुद्धा दायर



Spread the love

१० जेठ, काठमाडौं ।

बाग्लुङको बडीगाड गाउँपालिका ७ का श्री माझखर्क प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयबहादुर थापाले अस्थायी शिक्षिका चन्दा थापाको तलब खाएका छन्।जापान गएकी शिक्षिका चन्दाको २ लाख ८१ हजार तलबभत्ता खाएको अख्तियारको दाबी छ।

२०७२ चैत्र देखि विद्यालयमा अनुपस्थित भई जापान गएकी चन्दाको ०७३ फागुनसम्मको तलब भत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको आरोपमा तत्कालिन प्रअ विजयबहादुर विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अस्थायी शिक्षिका चन्दा लामो समयसम्म विद्यालयमा नरहेको अवस्थामा विदा समेत स्वीकृत वा सोको जानकारी साविक जिल्ला शिक्षा कार्यालय, बाग्लुङलाई नगराई बदनियतपूर्वक कार्य विजयबहादुरले गरेका थिए।

चन्दाको सट्टामा कानुनी प्रक्रिया विपरीत आकाश थापा र अस्मिता घर्तीलाई सट्टा शिक्षक नियुक्ति गरी मिति २०७२ चैत देखि २०७३ फाल्गुन सम्मको तलवभत्ताको नक्कली कागजात खडा गरी बदनियतपूर्ण तरिकाबाट निकासा माग गर्नुको साथै खर्च समेत गरेको देखिदा तत्कालीन प्रधानाध्यापक विजयबहादुरविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएकोक छ। यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्