Logo

मकवानपुरमा जीप दुर्घटना हुदा एकको मृत्यु , दुई जना गम्भीर घाइते



Spread the love

१० जेठ, मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सडक दुर्घटनामा हुदा एकको मृत्यु र अरु दुई जना घाइते भएका छन् ।

बा २० च ४२७९ नम्बरको जीप विरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गर्दा सडकबाट तल खसी भारतका ४५ वर्षीय कनैया साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमकार सिंहले बताए ।

दुर्घटनामा भीमफेदीका २० वर्षीय महेश भुलन र भारतको बेतिया बस्ने २२ वर्षीय कनैयाकुमार साह घाइते भएका छन् । घाइतेहरुको बल्खुकाे बयाेधा अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्