Logo

डीआइजी जयबहादुर चन्द भए जिम्मेवारीविहीन



Spread the love

jaya

सरकारले प्रहरी महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका  खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो । फागुन १ गते सरकारले आइजीपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) को प्रमुख थिए । आइजी नियुक्त भएलगत्तै उनले एनसीबीको जिम्मेवारी हस्तान्तरण गरी प्रहरी प्रधान कार्यालयमा हाजिर गर्न थालेका थिए ।

सरकारको निर्णयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि पनि उनले हेडक्वाटरमै हाजिर गरिरहेका थिए । आइजीपी नियुक्त गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएपछि चन्दसहित नवराज सिलवालको मात्र सरुवा भएन । अन्य डीआइजीलाई विभिन्न विभागमा निमित्तको जिम्मेवारी दिइएको छ ।

सिलवालले भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मै प्रमुख भएर काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्