Logo

सुनसरीमा १ वृद्धाको हत्या प्रयास



Spread the love

१० जेठ, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ मा १ वृद्धाको हत्या प्रयास भएको छ।

घाइते हुनेमा ७० वर्षिया दयारानी साहुतेली रहेका छन् ।
प्रहरीका अनुसार घाइते वृद्धाको घाँटी तथा गर्दन सहित शरिरका विभिन्न अंगमा धारिलो हतियारले काटिएको छ । भने अहिले उनको बिराटनगरको गोल्डेन अस्पतालमा उपचार भैरहेको छ ।

उक्त वृद्धाको स्थानीय व्यक्तिबीच वादविवाद भएको थियो । सोही क्रममा महिलामाथि धारिलो हतियार प्रहार भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । घटनामा संलग्नको खोजि भैरहेको र शंकास्पद व्यक्ति माथि सोधपुछ भैरहेको सुनसरी प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्