Logo

२१ वर्षीया रञ्जु दर्शनाको काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा



Spread the love

काठमाडौं महानगरपालिकाको मेयरका लागि विवेकशील नेपाली पार्टीकी रन्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् ।

darshana

मंगलबार विवेकशील पार्टीले मेयरमा २१ वर्षीया दर्शनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात गर्दै त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा बढी उपयुक्त हुने भएकाले उनलाई चयन गरिएको विवेकशील पार्टीले जनाएको छ ।

विवेकशील पार्टीले उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवार भने पछि तय गर्ने भएको छ । दर्शनाले तीन वर्षअघि देखि विवेकशिल पार्टी आवद्ध भएर विभिन्न सामाजिक कार्य गर्दै आएकी छन् ।

काठमाडौं महानगरपालिकामा मेयरका लागि उम्मेदवारी दिएकी दर्शना अहिलेसम्मकै कान्छी उम्मेदवार हुन् । २०५२ सालमा काठमाडौंमा जन्मिएकी दर्शना अहिले स्नातक तह अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्