Logo

जन्म देखि मृत्यु सम्म , बैशाख देखि चैत्र सम्म !



Spread the love

असार २६,काठमाडौं 

बिकास अर्याल 

pujasewa

इन्टरनेटको तिब्र विकास संगै नेपालमा पनि इन्टरनेट बाट प्राप्त गर्न सक्ने सुबिधाहरु दिन दिनै  बढ्दै छन्! नेपालमै पहिलो पटक पुजा सामग्रीहरु पनि अनलाईन बाट किन्न सकिने तथा ज्योतिष परामर्श घरमै बसि बसि आफ्नो इमेलमा प्राप्त गर्न सकिने छ।

सहरिया नेपालीहरुको  ब्यस्त जीवनलाई मध्यनजर गर्दै धार्मिक कार्य, पुजा-आजा तथा  ब्राहमण सेवा, ज्योतिष परामर्शको समाधान एकै ठाउँमा पाइने भएको छ।  पुजसेवा डट कम ले पुजा सामग्रीहरु तपाइको घर दैलो सम्म ल्याईदिन्छ ! यदी तपाइलाई ज्योतिष परामर्श लिनु छ भने पनि पुजसेवाको वेबसाईटमा आफ्नो सम्पूर्ण विवरण पठाउन सक्नु हुनेछ! काठमाडौँको ब्यस्त जीवन , ठाउँको अभाब, पुजा सामग्रीको झन्झट आदि सबैको सोलुसन हो पुजसेवा. तपाईहरु लाई पुजा गर्ने ठाउँ उपलब्ध गराउने , पुजा सामग्री , ब्राहमण सेवा सबै उपलब्ध गराउछ।

 

शास्त्र अनुसार , हिन्दुहरुले जन्म देखि मृत्युसम्म विभिन्न पुजा आजा गर्ने चलन छ! पुजा गर्नाले मानिसहरुलाई खुशी, आत्म विश्वास बढ्ने तथा पाप कर्मको नास हुने विश्वास रही आएको छ!

हिन्दु धर्मका सोह्र संस्कार छन् ! जन्मोत्सव, न्वारन , भात ख्वाई , रुद्री , ब्रतबन्ध , बिबाह , पितृ श्राद्ध , गृह प्रवेश , सत्य नारायण पुजा, लाख बत्ति , चौरासी पुजा , एकाह , सप्ताह विभिन्न पुजा गर्नको लागि पुजाको ब्यबस्थापन गर्नुको साथै सम्पूर्ण पुजा सम्पन्न गर्छ।

अहिले काठमाडौँमा आफ्नो सेवा विस्तार गरेको पुजसेवाले निकट भबिष्यमा नेपाल भरिनै विस्तार गर्ने योजना रहेको कम्पनिले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्