Logo

थाहा पाउनुहोस् : हरियो धनियाँ खाँदा हाम्रो स्वास्थ्यमा कस्ता फाईदाहरु हुन्छन्



Spread the love

हरियो धनियाँ एउटा यस्तो जादुमय बिरुवा हो । जसको प्रयोग हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका छौ । धनियाले तरकारी र अचारलाई स्वादिलो र बास्नादार बनाउँन मद्दत गर्दछ ।  धनियाँ बिनाको तरकारी होस् या अचार सायद कसैलाई पनि मन पर्दैन होला । तर धनियाले यति मात्र नभई हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु गर्दछ ।

यी हुन् धनियाँ खाँदा हाम्रो स्वास्थ्यमा हुने फाईदाहरु :

१. हरियो धनियाले पाचन प्रणालीको लागि लिभरलाई सन्तुलित राख्ने काम गर्दछ ।

२. धनियाँ चटनी वा तरकारीमा मिसाएर खाँदा अरुचिका समस्या भएका व्यक्तिहरूलाई फाईदा हुन्छ ।

३. यदि तपाईँलाई शारीरिक रूपमा कमजोर भएको महसुस छ भने धनियाँको जुस पिउनुस् जसले गर्दा तागत मिल्न मद्दत गर्दछ ।

४. हरियो धनियाँलाले रगतलाई शुद्धीकरण समेत गर्छ ।

५.यसमा भिटामिन के, सी, बी र अन्य मिनिरल्स पाईने हुँदा यसले कपाल र छालालाई राम्रो बनाउँछ ।

६. आँखा सम्बन्धी समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।

७.साथै हरियो धनियाँ पिसेर अनुहारमा लगाऊनाले अनुहारमा भएको पिम्पल्स हटाउन पनि मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्