Logo

विल्सन बिक्रम अभिनित चलचित्र ‘रातो घर’को ट्रेलर रिलीज (भिडियो)



Spread the love

चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राईको उत्कृष्ट अभिनय रहेको भनिएको नेपाली फिल्म ‘रातो घर’को दोश्रो ट्रेलर रिलीज भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोश्रो ट्रेलर रिलीज भएको हो ।

rato-ghar-mm

चलचित्रको ट्रेलर सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । कालो काम गर्ने यूवाहरुको कथामा आधारित चलचित्र रातो घरमा विल्सन विक्रम राई, मेनुका प्रधान, संयम पुरी, गौरव पहारी, अनुराजमान सिंह कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, जितेन तामाङ, भानु प्रताप लगायतका कलाकारहरुकाचे अभिनय रहेको छ ।

निकेश लिम्बु प्रस्तुतकर्ता रहेको यो चलचित्र माङ हेम फिल्मस् र तक्मे बुढा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । चलचित्रमा निर्देशक सुरज सुब्बा नाल्बो र विल्सन विक्रम राईको संयूक्त लगानी रहेको छ ।सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘रातो घर’ जेठ १९ मा रिलीज हुँदैछ ।

 हेर्नुहोस् ट्रेलर:

https://youtu.be/vLpYXT03thA

प्रतिक्रिया दिनुहोस्