Logo

अवैध रुपमा भारततर्फ लैजाने क्रममा पक्राउ



Spread the love

१० जेठ, बाँके । प्रहरीले अवैध रुपमा २ जना महिलालाई भारततर्फ लैजाने क्रममा १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शारदा नगरपालिका-८ बस्ने २५ वर्षीय बीरेन्द्र वली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नेपालगंज उपमाहनगरपालिका-१६ जयस्पुरबाट अवैध रुपमा महिलाहरुलाई वलीले भारततर्फ लैजाने क्रममा पक्राउ गरेको हो ।

प्रहरीले उद्दार गरेका दाङ शान्तिनगर गाउँपालिका-६ र बाँके राप्ती सोनारी गाउँपालिका-१ बस्ने ती दुबै महिलाहरुलाई साथी संस्था नेपालगंजमा पठाएको छ । भने यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्