Logo

घाँस काट्ने क्रममा ढुङगाले लागेर मृत्यु



Spread the love

१० जेठ, भोजपुर । भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १४ बोयामा ढुङगाले किच्दा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ६० वर्षीय सिता बुढाथोकी रहेकी छिन् ।
उनको घाँस काट्ने क्रममा माथिबाट झरेको ढुङगाले लागेर मृत्यु भएको हो ।  सिताको शव चेप्पिएको ढुङगा प्रहरी र स्थानीयले हटाउन नसकेपछि स्काई भेटरको सहायताले हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि संखुवासभा पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्