Logo

तम्घासमा बोरिङको खानेपानीले अल्पकालीन् खानेपानीको समस्या समाधान भयो:वडा अध्यक्ष



Spread the love
गुल्मीको तम्घासमा बोरिङबाट निकालिएको खानेपानी

१० जेठ, काठमाडाैँ – खानेपानीको चरम समस्या झेलिरहेका गुल्मीको रेसुङ्गा नगरपालिकाका जनताले अहिले भने राहतको अनुभुति गर्न थालेका छन् । मझाङ खानेपानी आयोजना निर्माण हुन समय लाग्ने भएपछि रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भरत भलामिले निकै उत्कृष्ट तथा नँया अवधारणा लिई खानेपानीको अल्पकालीन समस्या समाधान गरेका छन ।

सल्लेरी खबर तथा अन्य मिडियामा खानेपानीको समस्याको लागि बोरिङ नै वैकल्पिक उपाए हो भनेर पटक पटक भन्दै आएका अध्यक्ष भलामी सफल सावित भएका छन् । पहाडी जिल्ला गुल्ममा ७० मिटर खनेपछि पानी निस्केको हो । अब उक्त खानेपानीबाट रेसुङा नगरपालिका वडा नम्बर ८ का ३ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सम्रग वडाबासीले त्यसको फाइदा लिन पाउँनेछन् ।

बोरिङबाट निकालिएको पानी भोलिसम्म ट्याङ्कीमा खसाल्ने वडा अध्यक्ष भरत भलामिले जानकारी दिएका छन् । उक्त योजनाको लागि रेसुङ्गा नगरपालिकाबाट १६ लाख रकम विनियोजन गरिएको बताईएको छ । वडा अध्यक्ष भरत भलामिले वडा भित्र रहेका गरिब,दलित,एकल महिलाका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था समेत गरेका छन् भने तम्घासको लाँकुरी मञ्चमा पार्क बनाउन सक्रिय भई लागेका छन् ।  वडा अध्यक्ष भलामीले सो पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्