Logo

भोजपुरमा धारिलो हतियार प्रहारबाट दुई गम्भीर घाइते



Spread the love

१० जेठ, भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिकामा धारिलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्। धारिलो हतियार प्रहारबाट २८ वर्षीय मनिकला शाक्य र १७ वर्षीय भद्रिका राई घाइते भएको प्रहरीले जनाएको छ ।

दुवैलाई शुक्रबार घरमा बसिरहेको वेला स्थानीय ४२ वर्षीय कुमार श्रेष्ठले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएको भनिएका कुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मनिकलालाई उपचारका लागि धरानको घोपा क्याम्प लगिएको छ। भद्रिकाको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्