Logo

     अमेरिकी राष्ट्रपति जापान भ्रमणमा   



Spread the love

१० जेठ, टोकियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि शनिबार जापान आइपुग्नु भएको छ । जापान र अमेरिका दुवै तर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व संवन्ध रहेको जनाएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन्।यसअघिका राजाले स्वास्थ्यको कारण देखाउदै पद त्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाउनु भएको छ ।

सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान आउनु भएको हो । जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गर्नु भएको थियो ।ट्रम्पका एक जना बरिष्ठ अधिकारीले भनेका छन्, “दुई नेताहरु एक अर्काका देशमा आउने जाने र भेटवार्ता गर्ने गरिरहनु भएको छ, यसैबाट उहाँहरुको सम्वन्ध कस्तो छ भन्ने थाहा हुन्छ ।”

जापानका एक जना उच्च कुटनीतिक अधिकारीले पनि दुई देशका शिर्ष नेताहरुको लगातारको भेटघाटले उहाँहरुको सम्वन्ध अदभूत छ भन्ने पुष्टि हुने दाबी गरेका छन् ।
––––  रासस

प्रतिक्रिया दिनुहोस्