Logo

आज मिति २०७६ साल जेठ १२ गते आइतबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल जेठ १२ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेषः– परिस्थितिलाई वुझेर काम गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ। समस्याको पहिचान गरेर मात्र अगाडि बढ्नु होला। कार्य क्षमतामा कुनै कमि आउने छैन। व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन्। आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ। पढाई लेखाईमा भने सोचे जस्तो प्रगति हुने छैन। सामाजिक दायित्व बढ्नेछ।

वृषः– काममा सहजीकरण अझै हुने छैन। उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ। व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन। आत्म विश्वासको कमि हुनेछ। यात्राको सम्भावना देखिन्छ। आफन्तले पराईको व्यवहार गर्ने छन्। काम गर्दा इज्जत प्रतिष्ठाको ख्याल राखेर अगाडि बढ्नु होला। तनावमा कमि आउनेछ।

मिथुनः– उपलब्धिको संरक्षण गर्न सकिने छैन। आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ। लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हासिल हुने छैन। अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन्। खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । लेनदेन कारोवार विग्रिन सक्छ। आन्तरिक कुरा कसैलाई नखोल्नु होला।

कर्कटः– लगनशिल भई गरेका काम केहि बन्ने छन्। स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन हुनेछ। नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ। भौतिक सम्पतिमा वृद्धि हुनेछ। मनमा सुख,शान्ति मिल्नेछ। साथी भाईको सहयोग पाईनेछ। गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ।

सिंहः– प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला,कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ। अरुको भर परेर काम नगर्नुहोला। काममा विरोधीको बक्रदृष्टि पर्नेछ। पढाई लेखाईमा प्रगति कम हुनेछ। श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभान्वित हुनुहुनेछ। धार्मिक आस्था र विश्वास बढ्नेछ। कुरा भन्दा काममा जोड दिनुहोला।

कन्याः– समयमा अझै सुधार आउने देखिन्न। अन्योलता बढ्नेछ। पढाईमा खासै सुधार आउने छैन। इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ। राजनीति औजार प्रयोग गरेर तपाईलाई दुःख दिन सक्छन्। व्यापार व्यवसायमा अवनति हुनेछ। देखिएका सम्भावना क्षिण भएर जानेछन्।

तुलाः– सामान्यतया दिन प्रतिकुल देखिन्छ। काममा ढिला सुस्ति हुनेछ। व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन। वैदेशिक यात्राको सम्भावना देखिन्छ। विपरित लिङ्गिबाट सहयोग मिल्नेछ। घरका समस्या समाधान गर्न गाह्रो हुनेछ। मनमा शान्ति मिल्ने छैन। भौतिक सम्पतिको नास हुनसक्छ। आलोचना बढ्नेछ।

वृश्चिकः– सवैलाई विश्वासमा लिएर काम गर्दा राम्रै हुनेछ। काम गर्दा साथी भाईको सहयोग पाईनेछ। संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ। परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ। कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ। पढाई लेखाईमा प्रगति हुनेछ। नोकरीमा नयाँ अवसर आउन सक्छ।

धनुः– दयाँ मायाँ गर्ने कुनै हुने छैनन। समस्याबाट टाढा नभागि अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ। आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै काम नगर्नु होला। स्पष्ट वोल्दा आफैलाई नोक्सना हुने भएकोले आर्थिक करोवार र वोलिलाई नियन्त्रण गर्दा राम्रो हुनेछ। व्यापारमा उतार चढाव आउनेछ।

मकरः– कामको विचमा विचार परिवर्तन नगर्नु होला उपलब्धि गुमाउनु पर्नेछ । पारिवारिक खर्च बृद्धि हुन सक्छ। काम गर्ने जोश जागर बढ्नेछ। जीवन साथीको सहयोग लिएर काम गर्दा राम्रै हुनेछ। लगानीमा धेरै जोड नदिनु होला। इच्छा र आकाँक्षा केहि पुरा हुनेछन्। मिलेर काम नगर्नु होला। भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ।

कुम्भः– सहज रुपमा काम हुने छैनन्। आशा र भरोसा टुट्नेछ। व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन्। राजनीति व्यक्तिको भर परेर कुनै योजना अगाडि नसार्नु होला। आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ। सुरक्षित यात्रा गर्नु होला। मिथ्या आरोप लाग्न सक्छ ।

मिनः– दिन सामान्यतया अनुकुल नै देखिन्छ। प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन्। अरुको भरमा मात्रै काम नगर्नु होला तर सहयोगी मित्र पनि भेटिने छन्। अध्ययन कार्यमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ। कामको विचमा विचार परिवर्तन नगर्नु होला। लगानी भन्दा श्रममा जोड दिनुहोला। व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ।

प्रतिक्रिया दिनुहोस्