Logo

भ्यालेन्सियाले जित्यो कोपा डेल रे



Spread the love

१२ जेठ, काठमाडाैँ – स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ । उपाधि भिडन्तमा बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो । शनिबार राति भएको उपाधि भिडन्तको बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ ।

पराजयसंगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो । खेलमा अग्रता भ्यालेन्सियाले खेलको २१ औ मिनेटमा केभिन गेमिरोको गोलबाट लिएको थियो ।

३३ औ मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाएका थिए । ७३ औ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन ।

प्रतिक्रिया दिनुहोस्