Logo

कौस्तुभ कप फुटबल: होलीक्रस स्कुल र हाइल्यान्ड स्कुलको विजयी सुरूवात



Spread the love

१२ जेठ, काठमाडौं – होलीक्रस स्कुल र हाइल्यान्ड स्कुलले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ ।

पेप्सीकोलास्थित टाउनप्लानिङको मैदानमा शनिबार होलीक्रसले श्रमिक शान्ति स्कुललाई पेनाल्टीमा ३–१ ले पराजित गर्यो । यस्तै हाइल्यान्डले नोबेल स्कुललाई ३–२ गोलले पराजित गर्यो ।

त्यस्तै अर्किड स्कुलले कोटदेवी स्कुललाई १–० गोलले पराजित गरेको छ । अर्को खेलमा ग्लोबल स्कुलले डनबस्को स्कुललाई पेनाल्टीमा ३–१ गोलले हरायो ।

खेलमा अर्किड स्कुलका दिपेश बुढाथोकी, ग्लोबलका अंकित रिमाल, होलीक्रसका प्रेम खत्री र हाइल्यान्डका किरण श्रेष्ठ ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रतिक्रिया दिनुहोस्