Logo

थोमस टचेल एक वर्ष पीएसजीमै रहने



Spread the love

१२ जेठ, काठमाडाैँ – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टचेलले थप एक बर्षको लागि क्लबसंगको सम्झौता नवीकरण गरेका छन् ।

जर्मन प्रशिक्षक टचेलले शनिबार क्लबसंग नवीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् । क्लबसंगको सम्झौतामा नवीकरण गरेसंगै ४५ बर्षीय टचेल सन् २०२१ सम्म पीएसजीमै रहने भएका छन् ।

युनाई इम्रीले क्लब छाडेपछि गत सिजन टचेल क्लब आएका थिए ।

बोरुसिया डर्टमण्डका पूर्व प्रशिक्षक टचेलले पीएसजीलाई यस सिजन लिग वानको उपाधि दिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्