Logo

युरोपा लिग जित्ने विलियनको दाबी



Spread the love

१२ जेठ, काठमाडाैँ – चेल्सीका मिडफिल्डर विलियनले युरोपा लिग फुटबलको उपाधि चेल्सीले जित्ने बताएका छन् ।

युरोपा लिगको फाइनलमा चेल्सीले बिहिबार आर्सनलसंग प्रतिस्पर्धा गर्दैछ । तर, फाइनल आउँन पाँच दिन बाँकी रहेको बेला ब्राजिलियन मिडफिल्डर विलियनले क्लबले उपाधि जित्ने दाबी गरेका छन् ।

‘हामी निकै बलियो छौं । र,यो खेल जित्न सबै सम्भव छ,’ प्ले मेकर विलियनले भने,’हामी पहिले नै आत्मविश्वासी छौँ । किनकि हाम्रो फाइनल सधै राम्रो हुन्छ । हामी यस ट्रफी जित्न चाहन्छौ । र, हामी उपाधिसहित पुनरागमन गर्न चाहन्छौ ।’

यस सिजन पहिलो उपाधिको खोजीमा रहेको चेल्सी प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको थियो । तर, विलियनले यस उपाधि जित्दै चेल्सीको खराब सिजनको अन्त्य गर्ने बताए । जसका लागि टिम पूर्ण रुपमा खेलमा केन्द्रित भएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्