Logo

स्मिथको सतकको मद्दतमा अष्ट्रेलियाद्वारा इंग्ल्याण्ड पराजित



Spread the love

१२ जेठ, काठमाडाैँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरेको छ ।

साउथह्याम्पटनमा शनिबार भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

द रोस बल मैदानमा अष्ट्रेलियाले दिएको २९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्ड ४९ ओभर ३ बलमा अलआउट हुँदै २८५ रनमा समेटियो ।

इंग्ल्याण्डका लागि जेम्स भिन्सले ६४ तथा कप्तान जोस बट्लरले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस वोक्सले ४० रन जोड्दा जोय रुटले ३२ रन बनाए ।

अष्ट्रेलियाका लागि केन रिचार्डसन र जासन पाउलले २/२ विकेट लिए ।

यसअघि टस हरेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले ११६ रनको शतकीय इनिङ्स खेले ।

प्रतिक्रिया दिनुहोस्