Logo

न्यू डायमण्ड एकेडमी चन्द्रागिरी उपमेयर कप छात्रा भलिबल च्याम्पियन



Spread the love

१२ जेठ, काठमाडाैँ – होङ्गवान्जी न्यू डायमण्ड एकेडमी ‘ए’ ले दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा पारामाउण्ट इन्ग्लिश स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड च्याम्पियन बनेको हो ।

नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा घरेलु टोलीले पारामाउण्टलाई २५-११, २५-२० र २५-२१ को सेटमा पराजित गर्यो ।

उपाधिसंगै न्यू डायमण्डले नगद ६० हजार हात पारेको छ । उपविजेता पारामाउण्टले ३० हजार प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्