Logo

लागुऔषध प्रयोगकर्ताको खोजी गर्दै सरकार



Spread the love

१२ जेठ, काठमाडौँ । मूलुकमा सात वर्षपछि लागुऔषध प्रयोगकर्ताको अवस्थाबारे सरकारले अध्ययन गर्न लागेको छ । सरकारले यसअघि विसं २०६९ मा लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरेको थियो । अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रममा नै प्रयोगकर्ताको अवस्था अध्ययन गर्ने उल्लेख थियो ।

“अध्ययनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ, केन्द्रीय तथ्याङ्क विभाले पनि आवश्यक काम गरिरहेको छ, संयुक्त रुपमा योजना निर्माण भएपछि गणकहरु फिल्डमा खटाएर तथ्याङ्क लिन शुरु हुन्छ”, गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका अधिकृत किरणचन्द्र सुवेदीले भन्नुभयो ।

उहाँले वास्तविक विवरण सङ्कलन गरिएपछि न्यूनीकरणका लागि रणनीति बनाउन सहज हुने बताउनुभयो । पाँच खण्डमा आवश्यक प्रश्नावलीहरु तयार भइसकेकाले मन्त्रालय खर्च र कार्यक्रमको योजना निर्माणको क्रममा रहेको छ । आन्तरिक तयारी सकिएलगत्तै गणकहरु फिल्डमा खटाइने जनाइएको समाचार गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्