Logo

प्रदेश २ मा आर्थिक अनियमितता, फर्निचर खरिदमै ७ करोड बजेट हिनामिना



Spread the love

१२ जेठ, काठमाडौं ।
प्रदेश २ को प्रदेशसभा र विभिन्न मन्त्रलाय भवन मर्मत तथा फर्निचर खरिदमा आर्थिक अनियमितता भेटिएको छ। संसदीय विशेष अनुगमन समितिले अनियमितता ठहर गरेको प्रतिवेदन प्रदेशसभामा पेस गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा (हाल संघीय आयोजना कार्यान्वयन एकाइ) मार्फत नेपाल सरकारले ७ करोड बजेट दिएको थियो। भवन मर्मतसम्भारमा ६ करोड र फर्निचरका लागि १ करोड विनियोजन गरिएको थियो।

एउटै शीर्षक र सामानको भुक्तानी दुईपटक गरेको पाइएको समितिका सदस्य शिवचन्द्र चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस्