Logo

इन्जिनियर फिल्डबाहिर, अनुदान वितरण प्रभावित



Spread the love

६ वैशाख, काठमाडौं  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारले खटाएका प्राविधिक फिल्डमा जान अटेर गरेकाले भूकम्पपीडितलाई अनुदान वितरणमा समस्या परेको जनाएको छ । जसका कारण दोस्रो किस्ताबापतको अनुदान लिने पीडितको संख्या कम भएको उसको भनाइ छ ।

प्राधिकरणको तथ्यांकअनुसार २९ चैतसम्ममा पाँच लाख ४२ हजार नौ सय ६३ भूकम्पपीडितले पहिलो किस्ताबापतको अनुदान रकम लिएका छन् । तर दोस्रो किस्ताबापतको अनुदान संख्या दुई हजार नौ सय १७ मात्रै छ । यो भनेको ०.५३ प्रतिशत मात्रै हो ।
भूकम्प प्रभावित क्षेत्रमा खटिन दुई हजार पाँच सय ६८ प्राविधिक कर्मचारीको दरबन्दी खडा गरिएको छ, तर अहिले सरकारले दुई हजार एक सय २० जना प्राविधिक मात्रै भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । चार सय ४८ प्राविधिक अझै पनि अपुग रहेको नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्