Logo

गुल्मीमा वडा अध्यक्षले गरे कलाकारमाथि दुर्व्यवहार



Spread the love
कार्यक्रममा मनोरञ्जन लिँदै वडा अध्यक्ष चन्द

१२ जेठ, गुल्मी – सुन्दा अचम्म लाग्न सक्छ एक जन जनप्रतिनिधिले खुल्ला मञ्चमा त्यो पनि आफ्नै ठाउँमा भएको कार्यक्रममा कलाकार माथी गाली बेइजती तथा माईक खोस्ने प्रयास गरे भन्दा ।  तर, अब अचम्म मान्नुपर्ने अवस्था रहेन ।

गुल्मीका वडा अध्यक्षले त्यस्तै हरकत देखाएका छन् । जिल्लाको मदाने गाउँपालिका वडf नम्बर १ मा आयोजित साँस्कृतिक कार्यक्रममा मदाने गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम चन्दले कलाकार गणेश अधिकारी माथी दुर्व्यवहार गरेका हुन । अधिकारिले गीत गाउँदै गर्दा अध्यक्ष चन्दले माईक खोस्ने प्रयास मात्र गरेनन् उनले कलाकार माथि अपशब्दको वर्षात् समेत गर्न भ्याए ।

नेपाल तरुण दल मदाने कार्य समितिले आयोजना गरेको कार्यक्रममा कलाकार अधिकारी त्यस कार्यक्रमका विशेष कलाकारका रूपमा उपस्थित थिए । कलाकार अधिकारीसँग सम्पर्क राख्दा उनले भने, “६ बजे पछि कार्यक्रम बन्द गर्नु पर्ने थियो होला ।  तर वडा अध्यक्षले म प्रति दुर्व्यवहार गर्नु भयो  । यति मात्र नभइ म माथी बाहिरको केटाहरु बोलाएर हातपात गर्ने प्रयास पनि गरियो ।”

कार्यक्रममा मनोरञ्जन लिँदै वडा अध्यक्ष चन्द

यता वडा अध्यक्षलाई सल्लेरी खबरले पटक पटक सम्पर्क राख्दा उनले मैले गरेको छैन भनेका छन् ।  तर हरेक पटक कुरा फेर्ने गरेका छन् । दिनभर कार्यक्रममा मनोरञ्जन लिएका अध्यक्ष ले एक्कासी साँझमा त्यस्तो हर्कत देखाउँदा स्थानीय तथा कलाकारहरूले वडा अध्यक्षले मादक पदार्थ सेवन गरेको हुन सक्ने आशंका गरेका छन् । त्यस क्षेत्रका समाजसेवी तथा वुद्दिजिवीहरुले वडा अध्यक्षको व्यवहारले गर्दा सिङ्गो वडा तथा गाउँपालिकाको नाममा समेत धब्बा लागेको भन्दै दुःख व्यक्त गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्