Logo

के तपाईँ डन्डिफोर आएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय



Spread the love

डन्डिफोर एउटा यस्तो समस्या हो जुन छाला सँग सम्बन्धित छ । युवा अवस्थामा प्रवेश गरेपछि मानिसको अनुहारमा डण्डीफोर आउन थाल्छ  । डन्डिफोर युवावस्थामा हर्मोनको गडबडीका कारण आउने गर्दछ भने असन्तुलित खानपान, तनाव, अनिद्रा आदि कारणले पनि डन्डिफोर आउने गर्छ । अहिलेको समयमा कतिपय यवायुवतीहरुको समस्या भनेकै डन्डिफोर हो । मानिसहरू डन्डिफोर हटाउनको लागी विभिन्न थरिका कस्मेटिक प्रोडक्ट प्रयोग गर्छन् जसले गर्दा डन्डिफोर हट्नुको सट्टा उल्टै अनुहारनै कुरूप बनाईदिन्छ । त्यसैले अपनाउनुहोस् यस्ता उपाय जसले गर्दा तपाईँको डण्डीफोर सजिललै हटाऊन मद्दत गर्दछ ।

१.तपाईँ यदि डन्डिफोर हटाउन चाहनु हुन्छ भने प्रशस्त मात्रामा पानी पिउनुहोस् ।

२.  दिनमा ४/५ पटक पानीले अनुहार राम्रो सँग धुनु पर्दछ ।

३. सुत्नुभन्दा अगाडि जैतुनको तेल वा जाइफल दुधमा घोटेर लगाउनाले डण्डीफोर रोक्न मद्दत गर्दछ ।

४. फलफुल तथा हरिया सागसब्जी प्रशस्त मात्रामा खानुपर्छ।

५. निम, घ्युकुमारी , चन्दन जस्ता जडीबुटीको फेसप्याक अनुहारमा लगाऊनु पर्दछ ।

६. अत्यधिक मात्रामा चिल्लो भएका खानेकुराहरु खानु हुँदैन ।

७. युवा अवस्थामा डण्डीफोर आउने हुनाले पछि आफै हराएर जान्छ । र कहिले पनि डण्डीफोर निचार्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्