Logo

थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन



Spread the love

 

१२ जेठ,बैङ्कक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ ।

हृदयघातका कारण उनको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बैङ्ककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उनको निधन भएको जनाइएको छ ।

उनको गत सन् २०१६ मा तत्कालीन राजा महाभाजिरालङकर्नको निधनपछि शाही सल्लाहकार परिषद्को अध्यक्षका हैसियतले नयाँ राजा चयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पूर्व प्रधानमन्त्री प्रेमको सन् १९२० को अगस्त २६ तारिखका दिन जन्म भएको थियो । उनी सोङख्ला प्रान्तका स्थानीय बासिन्दा भएपनि सिसाओमा लामो समय बसेका थिए ।

थाइल्याण्डको पूर्व सेनापति समेत रहनु भएका प्रेम सन् १९८० देखि १९८८ सम्म प्रधानमन्त्री बनेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्