Logo

जहाजमा ग्यास चुहिएर १० जनाको मृत्यु ,१९ जना घाइते



Spread the love

चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन
डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको कारण उक्त दुर्घटनामा भएको हो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको स्थानीय अधिकारीहरुले बताएको छ ।

प्रहरीले ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्