Logo

हेलिकोप्टर दुर्घटना हुदा ५ सैनिकको मृत्यु



Spread the love

मेक्सिको देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुदा पाँच सैनिक  मृत्यु भएको छ ।

जंगलमा लागेको आगो निभाउनको लागी हेलिकोप्टरमा २५ सय लिटर (६६० ग्यालेन) पानी लगिएको  एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ जाने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको एक सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरु आउन बाँकी नै रहेको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले जानकारी दिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्