Logo

वर्कसपमा आगलागी



Spread the love

१२ जेठ, पाँचथर । फिदिम–२, नेपालटारस्थित एक वर्कसपमा आगलागी भएको छ ।

फिदिम–४, बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा गए राती विधुत् चुहावटका कारण आगलागी हुँदा २२ लाख बराबरको क्षति भएको छ । वर्कसपमा मर्मतका लागि राखिएका दुई वटा गाडी जलेर नष्ट भएका छन् ।

उक्त आगलागीमा परि वर्कसपमा कार्यरत तेह्रथुमका सुनिल गहतराज घाइते भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्