Logo

के के हुन् ती चिजहरू जसलाई राख्नु हुँदैन फ्रिजमा ?



Spread the love

 

 

प्राय सबै मानिसहरूले चिसो र ताजा खानेकुराहरू खान रुचाउँछन् l सोही कारण मानिसहरूले फ्रिजको प्रयोग गर्दछन् l जसको सहायताले हामीहरूले चिसो खानेकुराको मज्जा लिने गर्दछौँ l यदि हामीले फ्रिजको प्रयोग गरेमा लामो समय सम्म खानेकुरा नकुहिने हुन्छ जसका कारण हामीले खानेकुराको सजिलै सँग सदुप्रयोग गर्न सक्नेछौँ । तर केही यस्ता वस्तुहरू छन् जसलाई फ्रिजमा राख्दा ताजापन हट्ने सम्भावना हुनका साथै स्वाद पनि घटेर जानेछ l

यी चिजहरू जसलाई राख्नु हुँदैन फ्रिजमा :

स्याउ
यदि स्याउलाई फ्रिजमा राख्नाले यसमा भएको कुर्मुरेपन हराएर जान्छ जसले गर्दा स्वाद पनि हराउँदछ l उक्त कारण स्याउलाई फ्रिजमा राख्नु उपयुक्त रहँदैन l

गोलभेँडा
कतिपय मानिसहरूले गोलभेँडालाई पनि फ्रिजमा राख्ने गर्दछ । तर यसलाई फ्रिजमा राख्नु उपयुक्त हुँदैन किनकि गोलभेँडालाई फ्रिजमा राख्नाले यसमा भएको मिठोपन हराउँदछ र यसको स्वाद पनि फिका रहने छ l

बदाम
यदि तपाइले बदामलाई फ्रिजमा राख्नु हुन्छ भने त्यस्तो गर्न तुरुन्तै छाडी दिनुहोस् l फ्रिजमा बदाम राख्नाले यसको स्वाद घटेर जाने सम्भावना हुन् सक्दछ l

मह
मह भन्नाले यस्तो चिज हो जसलाई हामीले लामो समयसम्म पनि प्रयोग गर्न सक्छौँ र यसको स्वाद पनि रहिरहने छ l तर महलाई फ्रिज भित्र राखेमा यसको स्वाद घटेर खल्लोपन हुन् जान्छ l

प्याज
प्याज फ्रिजमा राख्नु नोक्सानदायी छ किनकि प्याजलाई फ्रिजमा राखेमा प्याज चाँडै खराब हुनका साथै ढुसी लाग्दछ । जसले गर्दा प्याज सेवन मुक्त रहन्छ । उक्त कारण हामीले प्याजलाई फ्रिजमा राख्न हुँदैन l

आलु
हामीले विशेष गरी आलुलाई फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा धेरै चिसो हुनका कारण आलुमा भएको स्टार्च चिनीमा बदलिन्छ जसले गर्दा आलुमा भएको स्वाद हराएर जान्छ l

प्रतिक्रिया दिनुहोस्