Logo

डोल्पामा जीप दुर्घटना, ४ को मृत्यु, २ घाइते



Spread the love

 

dolpa_district

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठीमा  जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

भिठ्ठीबेसीबाट सदरमुकाम दुनै आउँदै गरेको भे १ च १२५१ नम्बरको जीप मंगलबार दिउँसो १२ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा जीप चालक दैलेख घर भई हाल डोल्पाको कालागौंडा बस्ने अन्दाजी २५ वर्षीय बुद्धसिंह कठायत, डोल्पाको ठूलोभेरी नगरपालिका-९ का अन्दाजी १६ वर्षीय लोकेन्द्र शाही, ठूलोभेरी नगरपालिका-७ की सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका-४ का ६० वर्षीय धर्मलाल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

उकालो बाटोबाट इन्जिन फेल भएर जीप दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला सदरमुकाम दुनैमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्