Logo

लिगको अन्तिम खेलमा युभेन्टस पराजित



Spread the love

१३ जेठ, काठमाडाैँ – च्याम्पियन युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा पराजित भएको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा युभेन्ट्स साम्पडोरियासंग २-० ले पराजित भएको हो ।

घरेलु मैदानमा साम्पडोरियालाई जित दिलाउन ग्रेगोइरे डेफ्रेल र गिन्लुका कप्रारीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै साम्पडोरियाले जित निकालेको हो ।

खेलको ८४ औं मिनेटमा डेफ्रेलले गोल गर्दै साम्पडोरियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा कप्रारीले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।

हिजोको खेलमा रोनाल्डो भने खेलेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्