Logo

म्यानचेस्टर युनाईटेडसँग बायर्न म्युनिख पराजित



Spread the love

१३ जेठ, काठमाडाैँ – इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड लिजेण्ड टिमले जर्मन क्लब वायर्न म्युनिखको लिजेण्ड टिमलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

ओल्ड ट्राफोर्डमा आइतबार भएको मैत्रीपूर्ण खेलमा युनाईटेड लिजेण्डले वायर्न लिजेण्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाईटेड लिजेण्डका लागि ओले गनर सोल्सायर, डाइट योर्क, निकी बट, लुइस साहा र डेविड बेकह्यामले एक एक गोल गरे ।

म्यानचेस्टर युनाईटेडले एकै सिजन तेहेरो उपाधि जितेर कीर्तिमान रचेको २० वर्ष पुरा भएको अवसर दुई क्लबको लिजेण्ड खेलाडी सम्मलित टिमबीच खेल भएको हो ।

प्रतिक्रिया दिनुहोस्