Logo

आपिएलमा बैंग्लोरले बिजयी:गेल र विराट चम्किए



Spread the love

वैशाख ६, काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । बैंग्लोरले गुरात लायन्सलाई २१ रनले हराएको हो । राजकोटमा बैंग्लोरले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १९२ रन मात्रै बनाउन सक्यो ।

गुजरातका ब्रेण्डम म्याकुलमले ७२, इशान किशनले ३९ तथा कप्तान सुरेश रैना र रविन्द्र जडेजाले समान २३ रन बनाए पनि हार टार्न भने सकेनन् । बैंग्लोरका युजवेन्द्र चहलले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले मात्रै दुई विकेटको क्षतिमा २१३ रन बनायो ।

बैंग्लोका लागि क्रिस गेलले ३८ बलमा ७ छक्का र पाँच चौकाको मद्दतमा ७७ तथा कप्तान विराट कोहलीले ५० बलमा सात चौका र एक छक्काको मद्दतमा ६४ रन बनाए । यस्तै केदार जाधवले १६ बलमा नटआउट ३८ तथा ट्रेविस हेडले १६ बलमा नटआउट ३० रन बनाए । बैंग्लोरको ६ खेलमा यो दोस्रो जित हो । चार अंकसहित बैंग्लोर छैटौं स्थानमा छ । पाँच खेलमा चौथो हार व्यहोरेको गुराजत दुई अंकसहित पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्