Logo

सि डिभिजन छनाैट: इमाडोल दोस्रो चरणमा प्रवेश



Spread the love

१३ जेठ, काठमाडौ – सहिद स्मारक सी डिभिजन लिग छनोट खेलमा इमाडोल युथ क्लब दोस्रो चरणमा छनोट भएको छ । आईतबार भएको खेलमा जित निकाल्दै इमाडोल समुह बीबाट दोस्रो चरणमा प्रवेश गरेको हो ।

समुह बीको दोस्रो खेलमा इमाडोल युथ क्लबले आरसी ३२ एफसीलाई पराजित गर्याे । पहिलो खेलमा जित निकालेको आरसी दोस्रो खेलमा भने १–० गोल अन्तरले पराजित भएको हो ।

ललितपुरको बुद्धि विकास मैदानमा भएको समुह ए को अर्को खेलमा एफसी एस एसले फराकिलो जित निकाल्यो ।

एफसी एस एसले पञ्चकुमारी युथ क्लबलाई ८–० गोल अन्तरले हरायो । उसको जितमा सुभाष योञ्जनले ह्याट्रिक पुरा गरे । एफसी एस एस प्रतियोगिताबाट बाहिरिसकेको छ ।

३८ टिम सहभागि प्रतियोगितामा १२ समुह रहेका छन् । प्रत्येक समुहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

लिग कप नकआउटमा खेलाईने प्रतियोगिताको उत्कुष्ट तीन क्लब सी डिभिजनमा बढुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्