Logo

कौस्तुभ कप: गोठाटारद्वारा एप्पल पराजित



Spread the love

१३ जेठ, काठमाडौं – गोठाटारले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ ।

गोठाटारले एप्पललाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । गोठाटारका रजिनेश चापागाईं ‘म्यान अफ द म्याच’ घोषित भए ।

कौस्तुभ एकेडेमीद्वारा आयोजित प्रतियोगितामा अन्नपूर्णले सेन्टेनियललाई २–० तथा हिमचुलीले हिमालयलाई टाइब्रेकरमा ५–४ गोलले हराए ।

अन्नपूर्णका विवेक थापा तथा हिमचुलीका सुकुला तामाङ ‘म्यान अफ द म्याच’ भए ।

प्रतिक्रिया दिनुहोस्