Logo

प्रधानमन्त्री क्रिकेट कपः पुलिसद्वारा कर्णाली प्रदेश ९४ रनले पराजित



Spread the love

१३ जेठ, काठमाडाैँ – बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल पुलिसले कर्णाली प्रदेशलाई पराजित गरेको छ । पुलिसले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले २७ ओभर ९१ रन जोड्दा सम्पुर्ण विकेट गुमाउदा ९४ रनको हार बेहोर्न पुग्यो ।

मध्यम स्तरको लक्ष्य पछ्याउनेक्रममा कर्णाली प्रदेशले समेत कमजोर गरेको थियो । १७ दशमलव ५ ओभरमा ५४ रन बनाउदा ६ विकेट गुमाएको थियो । कर्णालीका लागी सुशान्त थापाले सर्वाधिक २९ रन जोड्दा एम खत्रीले १७ रन त्यस्तै डि अधिकारिले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा हार बेहोर्नु पर्यो । कर्णालीलाई सस्तोमा रोक्न उत्कृष्ट बलिङ गरेका आरिफ सेखले १० ओभरमा ६ ओभर मेडन राख्दै २० रन खर्चेर सर्वाधिक ४ विकेट चट्काउदा ललित राजबंसीले ३ विकेट प्राप्त गर्दा सागर ढकाल र पवन सराफले १९१ विकेट लिएका थिए ।

यस अघि नेपाल पुलिसले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो । पुलिसले ४१ ओभरमा सवै विकेट गुमाएर १ सय ८५ रन जोडेको थियो । कमजोर सुरुवात गरेको पुलिसले ८.५ ओभरमा टिमको २२ रनको स्कोरमा ५ विकेट गुमाउन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्