Logo

जेठ १९ देखि  प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल सुरु हुने



Spread the love

१३ जेठ, काठमाडाैँ – प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करण जेठ १९ देखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनमा जनसम्पर्क तथा सुचना निर्देशनालयका निर्देशक सहायक रथी बिज्ञानदेब पाण्डेले नेपाली सेनाले खेलकुदको बिकास र बिस्तारमा महत्वपूर्ण योगदान दिदै आएको स्मरण गराउदै भने प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलले खेलाडीको क्षेमतालाई वृद्धि गदैै आवसी भाईचार बढाउने बताए ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले आठौं राष्ट्रिय खेलकुदमा प्रदेशिक खेलाडीको छनोट भई सकेका ले पूनः खेलाडी छनोट गर्न नपर्ने जानकारी गराए । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा जेठ २६ गते सम्म सन्चालन हुने प्रतियोगितामा ३ विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ र सात प्रदेश गरि १० टिमको सहभागिता रहेने सैनिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी शशी किरण रायमाझीले पत्रकार सम्मेलनमा जानकारी गराए । लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको महासेनानी रायमाझीले जनाए ।

आठ दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने केन्द्रपति शशी किरण राईमाझीले जानकारी गराए । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुमानित २२ लाख खर्च हुने जनाईएको छ । मुख्य प्रायोजकको रुपमा इन्भेन्ट्मेन्ट बैंकले १५ लाख उपलब्ध गराउने आयोजकले जानकारी गराएको छ । प्रतियोििगतामा सहभागि हुने विभागीय टिम बाहेक अन्य प्रदेशका टिमको सम्पूर्ण खर्च आयोजकले व्यवस्था गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्