Logo

मुख्यमन्त्री पौडेल र निर्देशक घिसिङबीच भेतवार्ता



Spread the love

१३ जेठ, काठमाडाैँ – मुख्यमन्त्री डोरमणि पौडेल र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच हिजो भेटवार्ता भएको छ ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले देशलाई आवश्यक परेको विद्युत् उत्पादनमा प्रदेश सरकार सहभागी बन्न इच्छुक र आतुर रहेको बताए ।

मुख्यमन्त्री पौडेलले नेपालको विद्युतीय ऊर्जाको आवश्यकतालाई पूरा गर्न प्रदेश सरकार लगानी गर्न इच्छुक रहेको भन्दै कहाँ र कस्तो लगानी गर्दा उचित हुन्छ सल्लाह दिन निर्देशक घिसिङसँग आग्रह गरे । उनले प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्न लागेको बताए । देशको ऊर्जा आवश्यकता कम गर्न प्रदेश सरकार सहभागी हुने विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेल र निर्देशक घिसिङबीच भेटवार्ता भएको हो ।

सो अवसरमा निर्देशक घिसिङले विद्युतीकरणका योजना निर्माण गर्नका लागि प्रदेश सरकारले सहकार्य गर्नुपर्ने बताए । उनले भारतबाट समेत विद्युत् आयत गरी देशलाई पुग्ने विद्युत्को व्यवस्था गरेका कारण लोडसेडिङ नभएको बताए । उनले दुई वर्षयता देशभर १० लाख नयाँ ग्राहक थपिएको जानकारी दिए । “चार वर्षभित्र सम्पूर्ण नेपालीले विद्युत् सेवा प्राप्त गर्ने छन्”, उनले भने । दुई वर्षमा विद्युत् चुहावट ५० प्रतिशतसम्म नियन्त्रण गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्