Logo

बाटोमै थन्कियो खाद्यान्न



Spread the love

१३ जेठ, काठमाडाैँ – सिमकोटस्थित नेपाल खाद्य संस्थानको चामल हवाईमार्गबाट ढुवानी गर्न नसकिदा नेपालगञ्ज र सुर्खेतामा थन्किएको छ ।

निजी विमान कम्पनीहरुले खाद्यान्न ढुवानी नगर्दा वितरणमा समस्या हुने भएको छ । वैशाखदेखि निजी विमान कम्पनीले नेपागञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी नगर्दा सिमकोटस्थित खाद्य संस्थानको गोदामा चामल न्यून परिमाणमा मौज्दात छ ।

वैशाखमा निजी विमान कम्पनीले पूर्वी नेपालमा उडान भरेकाले चामल ढुवानी हुन नसकेको नेपाल खाद्य संस्थानका नासु सुरेन्द्र पोखरेलले जानकारी दिए । अहिले गोदाममा दुई हजार दुई क्विन्टल मात्र चामल मौज्दात छ ।

पर्यटक भित्रिने याम शुरु भएकाले पनि चामल ढुवानी गर्न नसकिएको पोखरेलले बताए। निजी कम्पनी तारा, सीता र समिटले यहाँ खाद्यान्न ढुवानी गर्दै आएका थिए । सिमकोट र खार्पुनाथ गाउँपालिकामा खाद्यान्नको बढी समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्