Logo

नागढुङ्गा र लगनखेलमा बम फेला



Spread the love

१३ जेठ, काठमाडाैँ – काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेलमा हिजो बम फेला परेको छ । नागढुङ्गाको इँटाभट्टा नजीकै भएको हिजोको बम विस्फोटमा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परीचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
त्यस्तै लगनखेलको बसपार्क भित्र प्रेसर कुकरमा शंकास्पद वस्तु फेला परेको हो । स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो । सो वस्तु नेपाली सेनाको टोलीले विस्फोट गराएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अपिलकुमार बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्