Logo

कस्तो रहला आज सोमबारको मौसम ?



Spread the love

१३ जेठ, काठमाडौँ – आज सोमबारको मौसम सामन्यतया सफा रहने छ । देशका प्रायः क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा सफा रहने मौसमविदले बताएका छन् ।

पूर्व र मध्य क्षेत्रको पहाडी इलाकाका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । तराईका क्षेत्रका चर्को घाम लााग्ने भएकाले गर्मी बढ्ने सम्भावना छ ।

आज काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम पनि सामान्यतया सफा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्