Logo

दूध निर्यातमा पनि सत्यवती सक्षम, ३०-४० हजार कमाउन बाहिर नजान अध्यक्षको आग्रह



Spread the love

१३ जेठ, गुल्मी – खसी बोकाको मासु निर्यात गर्न सक्षम बनेको गुल्मीको सत्यवती गाउँपालिका अहले दूध निर्यात गर्नमा पनि सक्षम बनेको छ । अहिलेको सुख्खा समयमा पनि सत्यवती गाउँपालिकाले दैनिक ५० लिटर भन्दा बढी दूध बाहिर पठाउने गरेको गाउँपालिकाका पशु पंक्षी शाखा प्रमुख नारायण खनालले बताए ।

अरु समयमा दैनिक २०० लिटर दूध निर्यात गरे पनि अहिलेको समय निकै सुख्खा भएको हुँदा दैनिक ५० लिटर मात्र दूध बाहिर जाने गरेको उनको भनाई रहेको छ । चोरकाटे चेहमी दुग्ध करिडोर योजना अन्तर्गत उन्नत जाताका गाई भैंसी पाल्ने किसानलाई गाउँपालिकाले रु २० हजार रकम बराबरको अनुदान दिँदै आएको छ भने अहिलेसम्म ३२ वटा गाई भैंसी अनुदानमा गाउँपालिकामा भित्रिएका छन् ।

त्यस्तै, व्यवसायिक रुपमा पशुपालन गर्न किसानलाई गाउँपालिकाले निःशुल्क रुपमा विभिन्न प्रजातिका घाँस तथा बिरुवाहरु वितरण गर्दै आएको छ । किसानको माग अनुसार अब पशु बिमा कार्यक्रम समेत सञ्चालन गर्ने खनालले सल्लेरी खबरलाई बताए । अहिले त्यस क्षेत्रमा व्यवसायिक रुपमा पशुपालन गरेका किसान ले मासिक २०-३० हजार कमाउने गरेका छन् । त्यस्तै यता गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले ३०-४० हजार कमाउन बाहिर जान नपर्ने दाबी गरेका छन् ।

शनिबार सल्लेरी खबरसँगको विशेष कुराकानीमा उनले सो कुरा बताएका हुन् । ढकालले भने, “युवाहरु ३०-४० हजार कमाउन तपाईं बाहिर नजानुस् । गाउँमै कमाउन सकिन्छ ।”

कसरी कमाउन सकिन्छ?  भन्ने सल्लेरी खबरको प्रश्नमा उनले  “अहिले हामी मासु निर्यात गर्नमा सक्षम भएका छौँ भने तत्कालै १ ट्रक खसी बोका बाहिर पठाउन सक्छौ ,त्यस्तै गाउँपालिकाको ठुलेलुम्पेकमा ५०० वटा टनेलमा टमाटर खेती गरेका छौँ । यो वर्ष ३ देखि ४ हजार क्विन्टल टमाटर उत्पादन गर्ने लक्ष्य रहेको छ । भने बडिगाड खोलामा व्यवसायीक रुपमा राफ्टिङ गराउने तथा भार्सेमा प्यागलाईडिङ सन्चालन गर्न योजना रहेको छ ।” भने ।

त्यस्तै नेपालका १०० वटा पर्यटकीय स्थल मध्ये सत्यवती पनि रहेको कुरा जानकारी गराउँदै भार्सेमा होमस्टे सञ्चालन गरेको कुरा समेत उल्लेख गरे । सत्यवती गाउँपालिका बडिगाड खोलाको आसपासमा रहेकोले यहाँ सिचाईको प्रचुर सम्भावना रहेको कुरा औल्याउँदै यहाँ गरे जे पनि हुने उनको विश्वास व्यक्त गरे । यस्ता प्रचुर सम्भावना बोकेको सत्यवतीबाट ३०-४० हजार कमाउन बाहिर जान नपर्ने उनले दाबी गरे ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्