Logo

युरोपा लिगको फाइनल खेल कान्टेले गुमाउने सम्भावना उच्च



Spread the love

१३ जेठ, काठमाडौं । चेल्सीका मिडफिल्डर एन्जोलो कान्टेले युरोपा लिगको फाइनल खेल गुमाउने भएका छन् । प्रशिक्षणका दौरान घाइते भएका कान्टेले बिहिबार हुने फाइनल खेल गुमाउने भएका हुन् ।

बिहीबार हुने फाइनल खेलमा चेल्सीले आर्सनलको सामना गर्नेछ । चेल्सीका लागि मुख्य खेलाडीको रुपमा रहेका कान्टे मैदान नउत्रने भएपछि चेल्सीलाई निक्कै असर पर्नेछ । सन् २०१६ मा उनी लेस्टर सिटीबाट चेल्सी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्