Logo

प्रधानमन्त्री कप क्रिकेटः एपीएफको लगातार दोस्रो जित



Spread the love

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा एपीएफले लगातार दोस्रो जित निकालेको छ । आज टियु क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

१ सय २६ रनको विजयी लक्ष्य पछाएको एपीएफले ३४.४ ओभरमा ७ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । एपीएफको लागि कप्तान पृथु बास्टकोलाले ४७ बलको सामना गर्दै सर्वाधिक ३२ रन बटुले । ओपनर शरद भेषवाकरले ३६ बलमा २६ रन बनाए । आशिफ शेख ३, प्रदीप ऐरी १०, शंकर राना १, सुमित महर्जन २० बलमा समान १ चौका र छक्का सहित १५ रनमा आउट भए । सन्दीप जोराले २६ बलको सामना गर्दै २२ बनाए। त्यस्तै भुवन कार्की २ रन जोडे ।

सुदूरपश्चिमका लागि विनोद लामाले १० ओभर १ मेडन सहित ३५ रन खर्चेर ३ विकेट हात पारे । कप्तान शेर मल्ल २,नरेन साउद र विकाश अग्रली समान १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि ओपनर विपिन रावल र खड्क बोहोराले ९ ओभर ३ बलमा ३१ रनको साझेदारी गरे । ५१ ब्लमा २१ रन बनाउँदै विपिन आउट भए भने खड्कले २२ बलमा १९ रन बनाए । सुदूरपश्चिमका लागि लोकेश बमले ३० रनको योगदान गरे । रोशन अधिकारीले १६ तथा कप्तान शेर मल्लले ११ रन बनाए ।

बलिङतर्फ एपीएफका अविनाश बोहोराले दुई विकेट लिए । पृथु बास्कोटा, शरद भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्